काठमाडौँ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण ५ दर्जनभन्दा धेरै देशमा फैलिएको छ ।
कोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा गरी ३२ सय मानिसको ज्यान गएको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म ३० जनामा कोरोना अर्थात् कोभिड–१९ देखा परेको छ । भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा। हर्षबर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना सङ्क्रमित भएको बताएका थिए ।
देशका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायतका नाकाहरूमा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको छ ।
प्रतिक्रिया