काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर भएको बताएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जाल फेशबुकमा स्टार्टस लेख्दै थापाले भनेका छन्, ‘घोडा व्यापार र फोहोरी गठवन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृंखला सुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो।’
संसद विघटन सम्वन्धी वैधानिकताको परीक्षण, निरुपण, व्याख्या सर्वोच्च अदालतले गर्ने उनको अभिव्यक्ति छ।
प्रतिक्रिया