विदेश जाने ७६% घटे पनि रेमिट्यान्समा उल्लेख्य वृद्धि, ४ महिनामै भित्रियो ३ खर्ब ३७ अर्ब

विदेश जाने ७६% घटे पनि रेमिट्यान्समा उल्लेख्य वृद्धि, ४ महिनामै भित्रियो ३ खर्ब ३७ अर्ब

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना महामारीका बीच पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेख्य रुपमा बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाह ११.२ प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्षको कात्तिकसम्ममा ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको पुगेको छ ।अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेकोे थियो ।

कोरोना महामारीका बीच रेमिट्यान्समा वृद्धि हुनु अर्थतन्त्रका लागि सकारात्मक रहेको अर्थविदहरु बताउँछन् ।विश्वभर कोरोना प्रभाव परे पनि नेपाली कामदार रहेका देशहरुले ठूलो मात्रमा कामदार कटौती नगर्दा रेमिट्यान्स नघटेको उनीहरुको भनाइ छ । यस्तै, हुन्डीमार्फत हुने कारोबार घटेसँगै रेमिट्यान्समा वृद्धि भएको हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले घटेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो ।कात्तिकसम्ममा १९ हजार २५१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६७.९ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा २५ हजार ९३१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत आवको पहिलो चार महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९.१ प्रतिशतले बढेको थियो ।

Recent Comments

No comments to show.