नेपाली सेफ सन्तोष बने ‘बीबीसी मास्टर सेफ’को उपविजेता

नेपाली सेफ सन्तोष बने ‘बीबीसी मास्टर सेफ’को उपविजेता

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेका छन् । प्रतियोगिताको ग्रयाण्ड फाइनलमा पाल्पाली ढाकाटोपीमा सजिएका सन्तोषले अन्तरर्राष्ट्रिय स्तरको प्लेटफर्ममा नेपाली खानालाई परिचित गराएका छन् ।

प्रतियोगिताको उपाधि बेलायतकै २५ वर्षीय आलेक्स वेबलले जितेका छन् । संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफहरुले भाग लिएको प्रतिस्पर्धाको ग्र्याण्ड फिनालेसम्म पुग्ने अन्तिम तीनमा सन्तोष पनि थिए।

ग्र्याण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका सन्तोष दोस्रो बनेका हुन्। उनको प्रस्तुतिअघि उनकै बारेमा बीबीसीले तयार पारेको एक भिडियो बजाइएको थियो जसमा उनले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए।

सिराहाको कर्जन्हामा जन्मेका साह विगत २० वर्षदेखि सेफका रुपमा कार्यरत छन्। उनी बेलायतमै बसेर सेफको रुपमा काम गरेको पनि १० वर्ष भइसकेको छ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा सजाएर पस्किएका थिए। खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गरेका थिए।

प्रतियोगितामा उनले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचार लगायतका थुप्रै मौलिक नेपाली परिकार बनाएर विश्वभरका लाखौं नेपालीको मन जितेका छन्। सन्तोष नेपालमा पहिले नै सेलिब्रेटी भइसकेका छन ।

नेपाली मिडिया र टिभी च्यानलहरूले मास्टरशेफ प्रोफेशनल २०२० प्रतिस्पर्धाको लागि छनौट गरेपछि उनको अन्तर्वार्ता र समाचारहरु आइरहेका छन् । बीबीसी समाचार र अन्य प्रमुख बेलायती मिडिया पनि उनको बारेमा राम्रो समाचारहरु प्रकाशित भएका छन्।

Recent Comments

No comments to show.