मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की फिफा वर्ष खेलाडी घोषित

मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्की फिफा वर्ष खेलाडी घोषित

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वका चर्चित खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् ।

वायर्न म्युनिखलाई च्याम्पियन्स लिगको र बुन्डेस लिगा उपाधि दिलाएका उनी फिफा वर्ष खेलाडी घोषित भएका हुन् । ३२ वर्षीय फरवार्डले नयाँ सिजनसमेत आफ्नो उत्कृष्ट फर्मलाई कायम राखेका छन् । उनले बुन्डेस लिगामा २५० गोल गरेका छन् । लवान्डोस्की तीन वटै प्रतियोगितामा सर्वाधिक गोलमा रहेका थिए । उनले गत वर्ष ४७ खेलमा ५५ गोल गरेका थिए ।

पछिल्लो पाँच वर्षमा दोस्रो पटक फिफाले मेस्सी र रोनाल्डोलाई फिफा वर्ष खेलाडी तोक्न नपाएको हो । लकी ब्रोन्जले वर्ष महिला खेलाडीको अवार्ड प्राप्त गरिन् । ब्रोन्ज यसै सिजन इङ्ल्याण्ड र म्यान्चेष्टर सिटी फर्किएकी छिन् ।  म्यानुअर नोयरले वर्ष गोलकिपरको अवार्ड प्राप्त गरे । लिभरपुलका एलिसन र एट्लेटिको मड्रिडका जान ओब्लाकलाई पछि पार्दै उनले वर्ष गोलकिपरको अवार्ड प्राप्त गरे । महिलातर्फ सोही उपाधि लियोनकी सारा बुहद्धीले प्राप्त गरिन् ।

लिभरपुलका योर्गेन क्लोपले वर्ष प्रशिक्षकको अवार्ड प्राप्त गरे । सन ह्युङ मिनले पुस्कार अवार्ड प्राप्त गरे ।

Recent Comments

No comments to show.