स्ट्याण्डर्ड चार्टड बैंकको साधारणसभा आह्वान

स्ट्याण्डर्ड चार्टड बैंकको साधारणसभा आह्वान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकले साधारणसभा आह्वान गरेको छ  । 

कम्पनीले पुस २४ गते बिहान नयाँ बानेश्वर स्थिति एभरेष्ट होटेलमा सभा आह्वान गरेको हो  । बैंकले सभामा भौतिक रुपमा बढीमा २५ जना र अन्यलाई भर्चुअल माध्यमबाट सहभागी गराउने गरि सभा आह्व्ना गरेको हो  । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  बैंकले आर्थिक ७६/७७ सम्मको मुनाफाबाट  ७ प्रतिशत बोनस र कर प्रयोजन सहित ४.८४ प्रतिशत नगद गरि ११ .८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बार्षिक साधारण सभाले पारित गरे पश्चात सेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ । 

त्यस्तै सभामा संचालक समितिका अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धकपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, र थप संशोधन गर्नु परे सो को अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुने छन् । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ९ देखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Recent Comments

No comments to show.