माउन्टेन इनर्जीको पहिलो कारोबार कतिमा भयो ?

माउन्टेन इनर्जीको पहिलो कारोबार कतिमा भयो ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माउन्टेन इनर्जी नेपालको पहिलो कारोबार प्रतिकित्ता ३४४ रुपैयाँमा भएको छ ।

स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि बिहान १०ः४५) सम्म नेप्सेले तोकेको रेञ्जभित्र पहिलो कारोबार भएसँगै यो कम्पनीको नियमित कारोबार खुलेको हो।

अब नियमित समय (बिहान ११ देखि दिउँसो ३ बजे) मा माउन्टेन इनर्जीको सेयर खरिदबिक्री गर्न मिल्नेछ।

कम्पनीको सेयर हिजो मंगलबार (मंसिर ३० गते) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको थियो । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ९६ लाख ८० हजार २७० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ११४.८१ रुपैयाँदेखि अधिकतम ३४४.४३ रुपैयाँ तोकेको थियो । जसको सिम्बोल ‘एमईएन’ दिइएको छ । यो कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो।

जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणका लागि भने १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरका लागि आवेदन खोलिएको थियो।

साथै, कम्पनीले सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि एनआईबिइल एस क्यापिटल, लाजिम्पाटलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

Recent Comments

No comments to show.