प्रभु लाइफको आइपीओमा दुई दिनमै ३.४४ गुणा बढी आवेदन

प्रभु लाइफको आइपीओमा दुई दिनमै ३.४४ गुणा बढी आवेदन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपीओ) मा खुलेको दोस्रो दिनमै १ अर्ब ८६ करोड रुपैयाँ बराबरको आवेदन परको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार साँझ ४ः४५ बजेसम्ममा ६ लाख ६८ हजार जना आवेदकले १ करोड ८६ लाख कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५४ लाख कित्तालाई आधार मान्दा ३.४४ गुणा बढी आवेदन हो । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ सोमबारदेखि विक्री खुला गरेको हो ।

सर्वसाधारणका लागि छुट्याईएको कुल कित्तामध्य ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि छुट्याएको छ ।

सार्वजनिक निष्कासन मार्फत विक्रीमा आउने ५४ लाख कित्तामा मात्र अन्य सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा लगानी गर्न इच्छुक सर्वसाधारणले मंसिर २९ गतेदेखि छिटोमा पुस २ गते बैंकिङ्ग समय अघिनै उक्त सेयरमा आवेदन दिन सक्नेछन् ।

उनीहरुले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि यो आईपीओमा आवेदन दिन सकिनेछ ।

हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।

प्रभु लाइफको यो आइपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

कति कित्ताका लागि आवेदन दिनु उपयुक्त

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई ५४ लाख कित्ता छुट्याएको छ । सो अनुसार कम्पनीको आइपीओ समानुपातिक रुपमा बाँड्दा ५ लाख ४० आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्न पुग्दछ।

तर, ५ लाख ४० हजार जनाभन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट भाग्यशाली आवेदकले मात्र १० कित्ता पाउने सम्भावना हुन्छ ।

पछिल्लो समय खुलेका आइपीओमा करिब ९ लाख हाराहारीमा आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने भएकाले १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

Recent Comments

No comments to show.