काठमाडौँ । बिगत केहि समय देखि निरन्तर रुपमा घटबढ हुँदै आइरहेको सुनको मूल्य बढ्ने क्रम बिहीबार पनि जारी नै रह्यो ।
बुधबार छापावाला सुन प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज बिहिबार २ सयले बढेर प्रतितोला ८० हजार ७ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै,तेजाबी सुनपनि बढेर तोलाको ८० हजार ४ सय पुगेको छ ।
बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार ८ सय ८० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रतिक्रिया