आज मिती २०७७ साल मंसिर ३० गते मङलवार , तपाइँको आजको राशिफल कस्तो छ ?

आज मिती २०७७ साल मंसिर ३० गते मङलवार , तपाइँको आजको राशिफल कस्तो छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग 

वि.सं.२०७७ साल मंसिर ३० गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–प्रतिपदा,३४ घडी ०२ पला,बेलुकी ०८ बजेर २६ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–मूल,४१ घडी ४० पला,बेलुकी ११ बजेर २९ मिनेट उप्रान्त पूर्वाषाढा । योग–गंड,४२ घडी ५३ पला,बेलुकी ११ बजेर ५७ मिनेट उप्रँन्त वृद्धि । करण–किंस्तुध्न,बिहान ०९ बजेर १७ मिनेट उप्रान्त बव,बेलुकी १० बजेर २६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २५ घडी ५१ पला ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी पदमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईंको काम नगरिदिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुने पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । मनमा एक किसिमको बेचैन आउने हुनाले काम गर्न मन लाग्ने छैन । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धी भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुने हुनाले हरेक क्षेत्रमा काम गर्न आट आउनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ भने गरेका काम सफल हुनेछन् । सामाजिक काम गरी सम्मान र साख आर्जन गर्न सकिनेछ । कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय रहेकोछ । पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धी हुने छ । भौतिक सम्पती तथा विलाशी बस्तुको हात लागी हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले खुशिले उचाई नाघ्नेछ । सन्तान तथा आफन्तबाट सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा आजको दिन लगानी गर्नको लागी केही समय पर्खदा राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेपनि सही प्रयोग गर्न नजान्दा अप्रिर्य घट्ना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारबाट मनग्गे धन लाभ हुनेछ । विशेष गरी निर्माण सामाग्री,औषधी र दैनिक उपभोग्य सामानको व्यापारमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ । चुनौतीका बाबजुद नसोचेको काम सम्पादन गर्न सकिनेछ । जीवन साथी, सन्तती वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । आमाको धन सम्पती प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाई तथा छिमेकिबाट तपाईँले सुरु गर्नुभएको कामको उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा भनेजस्तो सफलता हात लाग्नेछ । लेखन शैलीको विकास हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा विवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । आफ्नो व्याक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यून पारिश्रमिकमा दिनभर व्यास्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाती रहनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च हुनेछ । अन्यकाममा सहभागी हुँदा पढाइ लेखाइ भने थाती रहनेछ । तरपनि यात्राको तय हुनेछ भने बिदेशि भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन्

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ काम गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । व्यापार व्यापारमा लगानी गरी आम्दानिका स्रोत बढाउन सकिनेछ । आर्थिक विषय बस्तुसँग सम्बन्धीत पुस्तकहरुको अध्ययन गरि वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा तथा देखिने काम काम गर्न सकिनेछ । सरकारि धन तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन राम्रो रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईँबाट राम्रा काम हुनाले पिता,परिवार वा वंशकै मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तानले उन्नती र प्रगती गर्नेछन् । दृढ इच्छाशक्तिका कारण शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुनेछ । गरेको कर्ममा भाग्य तथा समयले साथ दिनेछ । कार्यक्षेत्र र बन्दव्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय हो । सामाजिक गतिविधि, परोपकारी काम र दान धर्ममा समय व्यातित हुनेछ । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

ज्यो.डिपी उपाध्याय ।

Recent Comments

No comments to show.