काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सर्जिकल मास्कको अभाव भएको छ।
अभावसँगै मास्कमा कालोबजारी बढेको छ । सामान्यतस् १० रुपैयाँमा पाउने मास्कलाई कृत्रिम अभाव देखाउँदै मूल्य बढाएर बिक्री गर्ने गरेको पाईएको छ ।
सेनिटाइजरको पनि मूल्य वृद्धि हुँदा साधरण उपभोक्ता मारमा परेका छन्।सरकारले मास्क,स्यानिटाइजर लगायतका मेडिकलजन्य सामग्रीको कालोबजारी गर्ने कम्पनी तथा बिक्रेतालाई सरकारले कारबाही सुरु गरेको छ ।
कोरोनाभाइरसको जोखिम उच्च भइरहेका बेला मास्कमा कालोबजारी गर्ने विभिन्न ६ वटा फर्मलाई सरकारले कारबाही गरेको हो
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि गरेको बजार अनुगमनका क्रममा बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । अन्य ८ वटा फर्मलाई सचेत गराइएको विभागले जनाएको छ ।
विभागले त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिबाना तिराएको छ । यी विक्रेताले पनि बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेका थिए ।
यसअघि सोमबार विभागले सोमबार त्रिपुरेश्वरकै स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ ।
प्रतिक्रिया