नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७१६ पुगेको छ। 

यस्तै, सोमबार नेपालमा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ भने अहिलेसम्म २ लाख ३६ हजार ५७३ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ८४२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

Recent Comments

No comments to show.