टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्प आजबाट शुरु

टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्प आजबाट शुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि टाटा मोटर्स्को आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्गले ग्लोबल सर्भिस क्याम्प २०२० संचालनमा ल्याएको छ ।

उक्त उद्घाटन समारोहमा रुद्ररुप मैत्रा टाटा मोटर्स् कमर्शियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुखले भिडियो मार्फत धेरै महिना थन्काएर राखेको गाडीहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्प २०२० को आयोजना गरेको जानकारी दिए ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने उदेश्यले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ५० विभिन्न स्थानहरुमा आयोजित गरिएको छ ।

निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुख विशेषताहरु रहेका कम्पनीले बताएको छ ।

आजबाट सञ्चालनमा आएको क्याम्प ८ पौष गतेसम्म संचालन हुने कम्पनीले जानकारी दियो ।

Recent Comments

No comments to show.