होली उत्सव नमनाउन आह्वान, भीडभाडमा नजान आग्रह

होली उत्सव नमनाउन आह्वान, भीडभाडमा नजान आग्रह

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वव्यापीरुपमा फैलिँदै गरेको कोरोना भाइरसको संक्रमणबाट बच्‍न जिल्ला प्रशासन काठमाडौंले होली खेल्न नदिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली)का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको हो । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

होलीका लागि कार्यालयले कुनै पनि निकायलाई सार्वजनिक कार्यक्रम गर्न स्थानीय प्रशासनले अनुमति दिएको छैन ।

त्यसो त भारतमा पनि दिल्ली सरकारले राजधानीमा होलीका औपचारिक कार्यक्रममा प्रतिवन्ध लगाएको छ । बुधबार दिल्ली सरकारले यस्तो निर्णय गरेको हो ।

ुछिमेकी राष्ट्र चीन हुँदै विश्वभरि महामारीको रुपमा फैलिँदै गरेको कोराना भाइरस (कोभिड(१९) बाट नेपाल उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भएको तथा नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको सन्दर्भमा काडमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, होलीलगायतका पर्वहरुमा सहभागी नहुन अनुरोध गर्दछ,ु जिल्ला प्रशासनले काठमाडौंले विज्ञप्तिमा भनेको छ।

कोरोना भाइरसको महामारी फैलिनबाट जोगिनकै लागि सरकारले चीनलगायत पाँच वटा देशको भिसा अनअराइभल सेवा स्थगित गरेको छ। नेपाल भ्रमण वर्ष स्थगित गरेको छ।

विमानस्थलमा सुरक्षा जाँचमा कडाइ गरिएको छ। उता, स्वास्थ्य मन्त्रालयले समेत यो रोगको संक्रमणबाट बच्न भीडभाडमा नजान आग्रह गरेको छ ।

होलीको अवसर पारी काठमाडौंमा हजारौं मानिस सडकमा एकसाथ निस्किएर रमाइलो गर्ने प्रचलन रहेको छ । यो वर्षको होली आगामी २६ फागुनमा परेको छ ।

Recent Comments

No comments to show.