नीलकण्ठ नगरपालिका– १ भुलभुलेबाट ढोला मण्डलीमा पूजा गर्न गई फर्किने क्रममा नीलकण्ठ नगरपालिका–८ मैदी भञ्ज्याङमा ग–१ ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया