कार्तिक महिनामा यस वर्ष कै बढी पर्यटक , ३७ हजार पर्यटक नेपाल भित्रिए

कार्तिक महिनामा यस वर्ष कै बढी पर्यटक , ३७ हजार पर्यटक नेपाल भित्रिए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीपछि सबैभन्दा धेरै पर्यटक कात्तिकमा नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार एक महिनामा १३ सय ७० पुरुष र ६ सय ३९ महिला गरि २ हजार ९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सरकारले विदेशी पर्यटक माथि लगाएको प्रतिवन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशी पर्यटक तथा नागरिकको आवागमन बढ्न थालेको जनाईएको छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार पछिल्लो एक महिनामा नेपाली तथा विदेशी गरी २४ हजार ८४ जनाले नेपाल छाडेका छन्।

जसमध्ये २२ हजार २ सय १२ नेपाली नागरिक रहेका छन् भने १ हजार ८ सय ७२ विदेशी नागरिक रहेका छन् ।

यसका साथै कात्तिक महिनामा विश्वका विभिन्न देशबाट नेपाल आउने नागरिकको संख्या ३७ हजार ३ जना रहेको छ।

जसमा ३४ हजार ९ सय ९४ जना नेपाली रहेका छन् भने २ हजार ९ जना विदेशी नागरिक रहेको अध्यागनम विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

Recent Comments

No comments to show.