भैंसेपाटी प्रभागका इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

भैंसेपाटी प्रभागका इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको इन्चार्जका रुपमा कार्यरत इन्सपेक्टर देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको   छ ।

उनलाई  प्रहरी परिसर लतिलपुरमा तानिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) श्यामलाल ज्ञवालीले जानकारी दिएका छन ।  

भैंसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको घर घेर्न पुगेकी हेमा श्रेष्ठलाई बच्चा बोकेको अवस्थामा इन्सपेक्टर पौडेलले लाठी हानेका थिए । 

इन्स्पेक्टर पौडेलले सो महिलालाई कुटपिट गरेको भिडियो शुक्रबार सार्वजनिक भएको थियो।  भैंसेपाटी प्रभागको इन्चार्जमा इन्सपेक्टर सुजित ओझालाई पठाइएको छ । 

प्रहरीले सो घटनाको छानविनका लागि एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।

Recent Comments

No comments to show.