काठमाडौं । तिहार नजिकिदै गर्दा लोकदोहोरी क्षेत्रका गायक–गायिकाहरूले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि तिहार विशेष देउसी–भैलो गीत सार्वजनिक गर्ने क्रम बढदो छ ।
यस्तैमा नेपाली लोक संगीतकै चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको देउसी भैलो गीत सार्वजनिक भएको छ ।
देउसी भैलो खेल्ने नेपाली संस्कृति शैलीमा तयार गरिएको गीतको भिडियो रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो । देउसी भैलो गीतको शब्द, लय संगीत, रायमाझीकै रहेको छ । गीतलार्ई गायिका टिका पुनले स्वरमा साथ दिएकी छिन् ।
गीतमा गीतमा बि.बि.अनुरागीको संगीत संयोजन रहेको छ भने श्याम श्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् । छायांकनरसम्पादनरकलर मिराज अर्यालको रहेका छ ।
अन्य सहयोगीहरुमा उदिराम खड्का,बिन्दु खड्का, बिवेक खड्का, मनोज खड्का, सरु राई, ऐलिना ठकुरी, दिपक बि.टि.एल. र सन्देश रायमाझी रहेका छन् ।
हेर्नुहाेस याे भिडीयाे
प्रतिक्रिया