लाङ्टाङ पदमार्गका पर्यटकीय होटल बन्द

लाङ्टाङ पदमार्गका पर्यटकीय होटल बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । कोभिड-१९ को संक्रमण  बढ्न थालेपछि लाङ्टाङ पदमार्गका होटल आजदेखि बन्द गरिएको छ । लकडाउन खुलाभएपछि स्वास्थ्यको मापदण्ड पालना गरी  पुनःसञ्चालन गरिएका रिम्चेदेखि क्याङ्जेनसम्मका सयाँै पर्यटकीय होटल तथा लज बन्द भएको हो ।

चिसोयाम बढेसंँगै पर्यटकको ओहरदोहरले लाङ्टाङ  क्षेत्रमा कोरोना संक्रमण बढ्न  सक्ने आशंकाले केही महिनाका लागि  होटल तथा लज बन्द भएको वडाध्यक्ष सुप्पा लामाले जानकारी दिए। रोग नियन्त्रणका लागि  पदमार्गमा सञ्चालित होटल व्यवस्थापन समितिको निर्णयबाट रिम्चे, लामाहोटल, घोडातबेला, लाङ्टाङ, मुण्डु एवं क्याङ्जेनसम्मका  सबै होटल तथा लज बन्द गरिएको  वडा कार्यालयले जनाएको छ ।

दैनिक रूपमा ४० भन्दा बढी नेपाली र तीनचार  विदेशी पर्यटक लाङ्टाङ घुम्न आउने गरेको वडाध्यक्ष तामाङले बताए । घुम्न आउने विदेशी पर्यटक भने नेपालमै बस्दै आएका छन् ।

जनस्वास्थ्य कार्यालय रसुवाका अधिकृत किरण श्रेष्ठका अनुसार स्वाब परीक्षणबाट पछिल्लो चरणमा धुञ्चे क्षेत्रमा कार्यरत सात  राष्ट्रसेवकलाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमित सबै उपचारार्थ आइसोलेशनमा  छन् ।  जिल्लामा  कोरोना रोगबाट प्रभावित ४५ जनाको उपचार भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।-रासस

Recent Comments

No comments to show.