भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उच्च अदालत पाटनले र्‍यापर भिटेनलाई पक्राउ तथा धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई पक्राउ तथा धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

यस्तै अदालतले प्रहरी प्रधान कार्यालय र ब्युरोलाई भिटेनमाथि अनुसन्धान गर्नुपर्ने कारण देखाउनसमेत आदेश दिएको छ ।

प्रहरीले आफूलाई पक्रिन लागेको भन्दै त्यसलाई अन्तरिम आदेशले रोक्न माग गर्दै भिटेन उच्च अदालत पाटन पुगेका थिए।

उनको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रहरीका नाममा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो। केही दिनअघि भिटेनले सार्वजनिक गरेको नयाँ गीत ‘पारा’माथि छानबिन गर्न कात्तिक १३ गते प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । हेडक्वार्टरको निर्देशनसँगै ब्यूराले भिटेनको खोजी सुरु गरेको थियो ।

र्‍यापर भिटेनको नयाँ गीत ‘पारा’मा अपाच्य शब्द भएको प्रहरीको दावी छ । एक वर्षअघि ‘यस्तै त हो नि ब्रो’ र्‍याप गीत गाएर विवादमा मुछिएपछि भिटेनलाई महानगरीय अपराध महाशाखाले २०७६ कात्तिक ७ गते जावालाखेलबाट पक्राउ गरेको थियो । त्यतिबेला आइन्दा विवादित काम नगर्ने सर्तमा उनी रिहा भएका थिए ।

Recent Comments

No comments to show.