जाजरकोट । जाजरकोटको छेडागाड गाउँपालिकामा आज बिहान डिजेल बोकेको ट्रयाक्टर दुर्घटना भएको छ। दुर्घटनामा सहचालकको मृत्यु भएको छ।
सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका–६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना भएको हो। छेडागाड नगरपालिका–१० धारामा दुर्घटना हुँदा कुशे गाउँपालिका–६ का २४ वर्षीय सहचालक रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ट्रयाक्टर डिजेल बोकेर कुशे गाउँपालिकातिर गएको थियो। जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीबजारबाट ट्रयाक्टरमै तेल ढुवानी हुने गरेको छ। -रासस
प्रतिक्रिया