काठमाडौं । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
यस्तो छ तीन दिनको पूर्वानुमान
कार्तिक १५ गते (शनिबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कार्तिक १६ गते (आइतबार)
दिउँसो : प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
कार्तिक १७ गते (सोमबार)
दिउँसो : देशका पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया