विश्वमा दैनिक पाँच लाख बढी कोरोना संक्रमित थपिँदै

विश्वमा दैनिक पाँच लाख बढी कोरोना संक्रमित थपिँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र बन्न थालेको छ। पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ७३ हजार पाँच सय नौ जनामा संक्रमण पुष्टि भएको हो ।

यस बीचमा संक्रमणबाट सात हजार चार सय ८७ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो समय संक्रमण दर अमेरिकामा सबैभन्दा उच्च छ। त्यहाँ हिजो एकै दिन त्यहाँ एक लाख एक हजार तीन सय ५८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामै नौ सय ८५ जनाले ज्यान गुमाएका वल्र्डओमिटरमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा भारतमा ४८ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ भने पाँच सय ५० जनाले ज्यान गुमाएका छन्। ब्राजिलमा २३ हजारमा संक्रमण पुष्टि हुँदा पाँच सय २९ जनाले ज्यान गुमाएका छन्।

Recent Comments

No comments to show.