कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार पछि हटेकाे छैन : प्रधानमन्त्री

कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार पछि हटेकाे छैन : प्रधानमन्त्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको रक्षा गर्नु सरकारको निशर्त दायित्व भएको बताएका छन्।

शुक्रबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन्।

देशको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार नपन्छिएको बताएका छन्।

उनले कोरोना सक्रमितको उपचार सरकारले नगर्ने भन्दै अफवाह फैलाइएको आरोप लगाए। महामारीको समयमा आफवाहको तुवाँलो लाग्ने गरेको भन्दै उनले अहिलेको समयमा अफवाहका तुवालो निरन्तर फैलाई रहेको बताए ।

उनले ‘सक्ने आफै बाँच नसक्ने जे सुकै गर’ भन्ने हल्ला सुनिएको छ भन्दै प्रधानमन्त्री ओलीले कोरोना उपचारका क्रममा उपचार गर्न सक्दिन भनि स्वघोषणा गर्नेहरुलाई सरकारले उपचारको निरन्तर व्यवस्था गरेको बताए। र यो निरन्तर जारी रहने उनको भनाई छ ।

साथै उनले शव व्यवस्थामा कोही कसैलाई भेदभाव नगरी समान व्यवहार गरिएको बताए।

Recent Comments

No comments to show.