काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको छ।
प्रतिक्रिया