काठमाडौं । कांग्रेस नेता एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटमा आपत्ति जनाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत भारतीय गुप्तचरसँग भेटघाट गर्नुले प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका हुन् ।
उनले लेखेका छन, ‘प्रधानमन्त्रीको भारतीय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न खोजिएको छ। सम्बन्धित मन्त्रालय र निकायको अनुपस्थितिमा विदेशी गुप्तचरसंग भएको भेटघाटले प्रमबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको छ। यसको अनुसन्धान हुनुपर्छ।’
प्रतिक्रिया