कोरोना संक्रमितको निशुल्क उपचारलाई निरन्तरता दिन अस्पताललाई बागमती प्रदेशको पत्र (पत्रसहित)

कोरोना संक्रमितको निशुल्क उपचारलाई निरन्तरता दिन अस्पताललाई बागमती प्रदेशको पत्र (पत्रसहित)

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रदेश तीन  सरकारले कोरोना संक्रमितको सम्पूर्ण उपचार खर्च तिर्ने भएको छ।

संघीय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने भएपछि प्रदेश सरकारले प्रदेशमा रहेका सम्पूर्ण संक्रमितको उपचार खर्च र परीक्षण खर्च निशुल्क गर्न  कोरोना विशेष अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको छ र्।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै ८ वटा कोरोना विशेष अस्पताल, १३ वटै जिल्ला स्वास्थ्य कार्यालय र धुलिखेलको जनस्वास्थ्य प्रयोगशालालाई पत्र लेखी संघीय सरकारले निशुल्क उपचार गर्नेबाहेक अन्य नागरिकको पनि निशुल्क उपचार गर्न भनेको छ ।

संघीय सरकारले कात्तिक २ गतेदेखि आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । अन्यसँग भने कोरोना परीक्षण र उपचारको रकम लिने संघीय सरकारको निर्णय थियो ।

Recent Comments

No comments to show.