कालिमाटीमा अधिकांस तरकारीको मूल्य सस्तियो , यस्तो छ बजार मूल्य

कालिमाटीमा अधिकांस तरकारीको मूल्य सस्तियो , यस्तो छ बजार मूल्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालीको प्रमुख चाडदशै शुरु भएको छ ।

दशै शुरु भएको दोस्रो दिनमा पनि रौनक यसपटक कोरोना भाइरसको त्रासले अघिल्ला वर्षहरुको भन्दा भिन्न देखिएको छ । तर बजारमा कोरोना त्रासकैबीच चहलपहल भने बढेको छ ।

शहर बजारमा नै बसेर दशै मनाउनु पर्ने अवस्था आउनेको लागि दशैंमा उपभोक्तालाई भान्सा व्यवस्थापनमा चुनौति बन्ने देखिन्छ ।

बजारमा मूल्य बढिरहेको भए पनि कालिमाटी बजारको थोक मूल्य हेर्दा अधिकांस तरकारीको मूल्य भने घटेको छ। महिना दिनको अवधिमा तरकारीको मूल्य ६० प्रतिशतसम्म घटेको छ।

आइतबारको मूल्य सूची अनुसार गोलभेडा नेपाली प्रतिकेजी ८० रुपैयाँ रहेको छ भने खुद्रा बजामा १२० देखि ३० रुपैयाँसम्म बिक्री गर्दै आइहेका छन् ।

८० रुपैयाँको काउली खुद्रा बजारमा भने १२० रुपैयाँ पर्नेछ । आलु रातो १ एक रुपैयाँ तोकिएपनि खुद्रमा भने १४० रुपैयाँ लिने गरेका छन् ।

कालिमाटी, बल्खुजस्ता ठूला तरकारी बजारको भन्दा खुद्रा बजारमा दोब्बर महँगोमा उपभोक्ता पर्ने गरेका छन् ।

खुद्रा व्यापारीहरुले कालिमाटीजस्ता बजारबाट किनेको तरकारीमध्ये तीन भागमा एक भाग नष्ट हुने भएकाले महंगो पर्ने गरेको बताउँछन् । पछिल्लो केही महिनादेखि बजारको तरकारीको भाउ हेर्दा नियणन्त्रण बाहिर गएको जस्तो देखिन्छ।

कोरोनाको डरले दशैको लागि थोक पसलमा नै गएर तरकारी ल्याउन सक्ने अवस्था कमै मानिसको मात्र रहने हुनाले त्यसको थप मार उपभोक्तामा थपिदै गएको छ ।

खुद्रा पसलेले जथाभावी रुपमा मूल्य निर्धारण गर्दा पनि त्यहि नै किन्नु पर्ने अवस्था रहेको छ ।

उता कालीमाटी तरकारी तथा फलफुल बजार विकास समिति भने तोकिएको मूल्यमा तरकारी तथा फलफुल किनबेच हुनुपर्ने बताउँछ ।

Recent Comments

No comments to show.