बहराइनका राजकुमारको टोलीद्धारा मनास्लु हिमाल सफल आरोहण

बहराइनका राजकुमारको टोलीद्धारा मनास्लु हिमाल सफल आरोहण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरेका छन्।

उनले आज बिहान ६ः१० बजे मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले बताए। उनीसँगै बहराइनका शाही परिवारका सदस्य, सुरक्षा टोली, गाइड र शेर्पा गरी ५० जना मनास्लुको चुचुरोमा पुगेका हुन्।

मनास्लु संसारकाे आठाैं अग्लाे हिमाल हाे। यसकाे उचाइ आठ हजार एक सय ६३ मिटर छ।

यो टोलीको नेतृत्व मिङ्मा शेर्पाले गरेका थिए। उनले आठ हजार मिटर अग्ला १४ हिमालको आरोहण गरेका थिए।

त्यस्तै, बहराइनका राजकुमारको टोलीमा कीर्तिमानी आराेही छाङ दावा शेर्पा र टासी लाक्पा शेर्पालगायतका आरोही पनि सहभागी छन्।

राजकुमारको टोली असोज २० गते मनास्लु आरोहणका लागि गोरखाको सामागाउँ पुगेको थियो। राजकुमारको आरोहणको बन्दोबस्त सेभेन सम्मिट ट्रेक्स प्रालिले गरेको हो।

Recent Comments

No comments to show.