काठमाडौं, १३ फागुन । कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको ‘कमेडी च्याम्पियन’ रियालिटी शोले चैत १ गते नेपाललाई ‘कमेडी च्याम्पियन’ को १ औं संस्करणबाट नयाँ हास्य कलाकार दिदै छ ।
थ्री प्रोडक्शनले निर्माण गरेको ‘कमेडी च्याम्पियन’ रियालिटी शोको निर्देशक बिशाल भण्डारी हुन् ।
कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले चैत एक गते होटल सोल्टी हुने भएको छ ।
ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्तबीच प्रतिस्पर्धा हुनेछ । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् ।
‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् ।
प्रतिक्रिया