उपत्यकामा ट्राफिक नियम पालनासम्बन्धी ट्राफिक प्रतिबद्धता टोकन राख्‍न शुरु

उपत्यकामा ट्राफिक नियम पालनासम्बन्धी ट्राफिक प्रतिबद्धता टोकन राख्‍न शुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियमसम्बन्धी मुख्य-मुख्य व्यवहारिक र जीवन उपयोगी बुँदाहरू राखेर तयार गरिएको ट्राफिक प्रतिबद्धता टोकन काठमाडौं उपत्यकाको सरकारी तथा गैरसरकारी कार्यालयहरूमा राख्‍न शुरुगरेको छ ।

महाशाखाले उपत्यकाको मन्त्रालय, विभाग सरकारी कार्यालय, अस्पताल, संघसंस्था, वित्तिय संस्था, स्थानिय तहका कार्यालयहरुमा आउने सेवाग्राही तथा कर्मचारीहरूलाई लक्षित गर्दै ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गराउन ट्राफिक प्रतिबद्धता टोकन राख्‍ने कार्यको थालनी गरेको हो ।

महाशाखाका एसएसपी भिम प्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र अझ प्रभावकारी बनाउनको लागी जनचेतना जगाउँदै चालकहरुलाई आफ्नो जिम्मेवारी बोध गराइ सडक सभ्यतालाई जीवन पद्धती द्दतिको रुपमा बिकास गर्न यो अभियान सुरु गरेको बताए ।

ढकालले भने, “चौडा सडक, सडक बत्ती, चिल्ला सवारी साधनले मात्र ट्राफिकको समस्या समाधान हुदैन । हामीले प्रयोग गर्ने सडक संस्कृतिमा सुधार र परिवर्तन नल्याएसम्म यस्ता समस्या भइनै रहन्छन् । त्यसैले यस्तो अभियानले ट्राफिक व्यवस्थापन एव सडक सभ्यतामा सुधार गर्नको लागी सहयोगी बन्ने अपेक्षा गरिएको छ ।’’

सवारी चालक वा सडक प्रयोगकर्ताहरूले पालना गर्नुपर्ने ट्राफिक नियमहरु जानकारी हुँदा जिम्मेवार नागरिक भइ सडकमा प्रस्तुत हुने र त्यसबाट सडक सभ्यताको विकास भइ ट्राफिक व्यवस्थापनमा थप सहयोग हुने भएकोले यस्तो ट्राफिक प्रतिवद्धतासम्बन्धी टोकन राखिएको ढकालको भनाइ छ ।

ट्राफिक महाशाखाको पहलमा काठमाडौं महानगरपालिकाको सहकार्यमा बढि सेवाग्राही आउने कार्यालय, प्रतिक्षालय, नागरिक सहायता कक्षहरुमा राख्‍न ४०० थान ट्राफिक प्रतिबद्धता टोकन र सार्वजनिक स्थान, कार्यालय कम्पाउण्ड तथा भिडभाडहुने स्थानहरुमा राख्‍नको लागि ५० थान ट्राफिक प्रतिबद्धता सम्बन्धि सूचनामूलक बोर्डहरू निमार्ण गरिएको महाशाखाले जनाएको छ । 

सबै पक्षले सडक अनुशासन, मर्यादा र धैर्यता कायम गरी एकअर्कोको सम्मान गर्दै ट्राफिक नियमको पालना गर्नु हामी सबैको कर्तव्य हो भन्ने मूल मन्त्र लिई सडकको उचित प्रयोग गर्दा दुर्घटनाको संभावना कम हुने र आफू र आफन्तजन सुरक्षित हुने भएकोले सदैव ट्राफिक नियमको पालना गर्न समेत ट्राफिक महाशाखाले विशेष अनुरोध गरेको छ ।

Recent Comments

No comments to show.