काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ४.१७ अंकले बढेर १५८६ दशमलव २९ विन्दुमा कायम भएको छ ।
यसदिन १९५ कम्पनीको २ अर्ब ३७ करोड ९४ लाख ६५ हजार ८६४ रुपैयाँ बराबरको कारोबार भएको छ । ९४ लाख ३२ हजार ११४ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी६ समूहको परिसूचक ओरालो लागेका छन् ।
प्रतिक्रिया