नेको इन्स्योरेन्सको पौने ११ लाख कित्ता सेयरको लिलामी खुल्यो

नेको इन्स्योरेन्सको पौने ११ लाख कित्ता सेयरको लिलामी खुल्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेको इन्स्योरेन्सले मंगलबारदेखि संस्थापक समूहको करिब पौने ११ लाख कित्ता सेयर लिलामीमार्फत विक्री खुला गरेको छ ।

कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर लिलाममार्फत बिक्री खुलाएको हो। लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल पेस गर्न सक्नेछन्।

लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बोलपत्र कात्तिक ४ गते बैंकिङ सयमसम्म लगानीकर्ताले कम्पनीको सेयर विक्री प्रबन्धक सनराइज क्यापिटलमा आवेदन बुझाउनु पर्नेछ ।

शिलबन्दी बोलपत्रहरु कार्यालयमा संकलन भएपछि बोलपत्र खोलिने समय, मिति र स्थानको जानकारी सार्वजनिक सूचना मार्फत गरिने सनराइज क्यापिटलले जनाएको छ ।

Recent Comments

No comments to show.