‘प्रदेश सभामा तोडफोड गर्नेलाई कारबाही गर्नै पर्छ’ : गगन थापा

‘प्रदेश सभामा तोडफोड गर्नेलाई कारबाही गर्नै पर्छ’ : गगन थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले प्रदेश ५ सभामा हिजो कांग्रेस सांसदहरूले तोडफोड गरेको घटनाप्रति आत्मालोचना गरेका छन्।

सामाजिक सञ्जालबाट नेता  थापाले साे कुराको आत्मालोचना गरेका हुन् ।

सोमबार राति ट्वीट गर्दै उनले लेखेका छन्, ‘संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। आजको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ। हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।’

प्रतिपक्षको हैसियतले सरकारको हठका विरुद्ध आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै परेपनि प्रदेश सभामा भएको कुर्सी तोडफोडप्रति लक्षित गर्दै उनले भने, ‘प्रतिपक्षको भूमिका के-कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।’

नेता थापाले आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्ने बताएका छन्।

Recent Comments

No comments to show.