प्रदेश ५: विरोधकाबीच राजधानी सम्बन्धी प्रस्ताव पेश, कांग्रेस सांसदद्वारा कुर्सी तोडफोड

प्रदेश ५: विरोधकाबीच राजधानी सम्बन्धी प्रस्ताव पेश, कांग्रेस सांसदद्वारा कुर्सी तोडफोड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच राजधानी सम्बन्धी प्रस्ताव पेश भएको छ ।

सभामुखले दोस्रो पटक बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए ।

सभामुखले प्रदेशका कानुन मन्त्री कुलप्रकाश केसीले प्रस्ताव निर्णयार्थ पेश गर्न दिएपछि मन्त्रीलाई कांग्रेसका सांसदले नाराबाजी गरी रोक्ने प्रयास गरेका थिए।

मर्यादा पालकले मन्त्री केसीलाई रोस्टममा पुर्‍याएका थिए। पछि मन्त्री केसी प्रस्ताब छलफलका लागि प्रस्ताब पेश गरेका छन्।

आक्रोशित बनेका कांग्रेसका सांंसदहरूले कुर्सी र टेबुल तोडफोड गरेका छन्। उनीहरूले संसदीय मर्यादा कायम राख्न माग गर्दै नाराबाजी गरी कुर्सी तोडफोड गरेका हुन्।सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो।

Recent Comments

No comments to show.