जन्मदिन मनाउन प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आठराई जाने

जन्मदिन मनाउन प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आठराई जाने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम , ११ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो  ६९ औं  जन्मदिन मनाउन  तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली जन्मथलो आउने भएपछि तेह्रथुमको आठराइ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

 प्रधानमन्त्री आफ्नो जन्मदिनलाई विशेष बनाउन  पुर्ख्यौली घर आफू जन्मेकै स्थान तेह्रथुम आठराई जाँदैछन्  ।

उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो।

साविक आठराइ गाविसमा जन्मिएका ओली सानैमा झापा झरेका थिए । जन्मथलो गएका बेला तेह्रथुम, पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु ९ताप्लेजुङ९ जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

Recent Comments

No comments to show.