विद्युतीय कारमा लगाइएको अन्त:शुल्क ८० प्रतिशतसम्म घट्यो

विद्युतीय कारमा लगाइएको अन्त:शुल्क ८० प्रतिशतसम्म घट्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले चालु वर्षको आर्थिक ऐनबाट बिजुली गाडीमा बढाएको कर केही घटाएको छ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले बिजुली गाडीमा लगाइएको अन्त:शुल्क घटाउने निर्णय सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

न्यून क्षमताका बिजुली गाडीमा धेरै प्रतिशत घटाइएको छ भने धेरै क्षमताका गाडीमा न्यून प्रतिशतले घटाइएको छ। आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ बमोजिमका करका दरमा पनि फेरबदल गरिएको जानाकारी दिए ।

चालु वर्षको बजेटबाट सरकारले ५० किलोवाट क्षमताको मोटर भएको गाडीमा ३० प्रतिशत, ५० देखि १०० किलोवाट क्षमताकोमा ४० प्रतिशत, १०० देखि १५० किलोवाट क्षमताकोमा ५० प्रतिशत, १५० देखि २०० किलोवाट क्षमताकोमा ६० प्रतिशत, २०० देखि ३०० किलोवाट क्षमताकोमा ७० प्रतिशत र ३०० किलोवाट क्षमताभन्दा माथिका सबै गाडीमा ८० प्रतिशत अन्तशुल्क निर्धारण गरेको थियो।

त्यस्तै उद्योग वाणिज्य मन्त्रालय अन्तरगत उद्योग विभागमा रहेको एकल विन्दू सेवाकेन्द्र र खानी विभाग अन्तर्गत रहेको पेट्रोलियम अन्वेषण परियोजना र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनामा आर्थिक वर्ष २०७७/७८ का लागि राजपत्राकिंत स्तरका २८ पदको दरबन्दी सिर्जना गर्ने बिहीबार बसेको मन्त्रीपरिषद बैठकले निर्णय गरेको बताएका छन् ।

Recent Comments

No comments to show.