काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ ।
बुधबार नेप्से ३.१९ अंकले घटेर १५५०.४३ विन्दुमा कायम भएको छ । यसदिन १९० कम्पनीको १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९४ रुपैयाँ बराबरको कारोबार भएको छ । ८० लाख १९ हजार ६६१ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ८ समूहको परिसूचक ओरालो लागेका छन् ।
प्रतिक्रिया