कियाले ल्यायो ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना, गाडी किन्दा चार लाखसम्म छुट

कियाले ल्यायो ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना, गाडी किन्दा चार लाखसम्म छुट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ। योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउने छन्।

ग्राहकहरुको चाडपर्वलाई अझ उत्सवमय बनाउन कम्पनीले डिस्काउन्टका अतिरिक्त अन्य सुविधा पनि दिएको छ। यो योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बिमा सुविधा पाउने छन्।

योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै बेहोर्नेछ।कम्पनीले ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना अन्तर्गत दिएको डिस्काउन्ट र अन्य सुविधा देशभरका किया डिलरबाट लिन सकिने बताइएको छ।

कम्पनीले केही दिनअघि कियाको भारतस्थित प्लान्टमा निर्मित सोनेटको मूल्य सार्वजनिक गर्दै त्यसको बुकिङ पनि खुल्ला गरेको छ। कम्पनीका अनुसार सोनेटको सुरुआती मूल्य ३५ लाख ९० हजार तोकिएको छ।

Recent Comments

No comments to show.