ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश, टेकुमा कोरोना परीक्षणको लागि भिड लाग्ने ८० प्रतिशत भारतीय

ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश, टेकुमा कोरोना परीक्षणको लागि भिड लाग्ने ८० प्रतिशत भारतीय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालबाट भारत रोजगारीका लागि ठूलो संख्यामा नेपालीहरु गइरहेका बेला भारतबाट पनि रोजगारीका लागि ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गर्न थालेका छन्। 

तराईका जिल्लाबाट पनि उत्तिकै नेपाली नागरिक आइरहेका छन्। सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आरटी पिसिआर परीक्षण गराउने ८० प्रतिशत भारतीय नागरिक छन्। 

एकातिर उपत्यकामा निषेधाज्ञा पूरै खुला भएको छ भने अर्कातिर तराईका जिल्लामा पिसिआर परीक्षणका लागि स्वाब संकलन न्यून मात्रामा हुने गरेको छ। त्यहीकारण टेकु अस्पतालमा भीड बढेको हो। टेकुमा पिसिआर निशुल्क परीक्षण हुने गरेको छ।  

टेकु अस्पतालमा मात्रै ९०० देखि १२ सय जनाले पिसिआर परीक्षणका लागि टिकट लिएका थिए । उनीहरुमध्ये करिब ५०० भारतीय नागरिक थिए। बाँकी तराईका जिल्लाका तथा न्यून मात्रा उपत्यकावासी छन्।  टेकु अस्पतालले हालसम्म २४ घण्टा भित्र पिसिआर परिक्षणको रिपोर्ट दिँदै आएको छ। 

अन्य प्रयोगशालाभन्दा धेरै छिटो रिपोर्ट दिने कारण टेकुमा मात्रै बढी भीड देखिएको हो । टेकु अस्पतालले दैनिक ३ सय ५० जनाको स्वाब संकलन गर्ने गरेको थियो। तर अहिले परीक्षणको दायरा बढाएर ६ सय बनाइएको छ। 

जचाउन जानेमध्ये लक्षण भएका र ज्वरो आएकाको मात्रै परीक्षण गर्ने गरिएको छ। तर, भारत र तराईबाट आएका अधिकांशको स्वाब लिनुपर्ने अवस्था छ। अहिले तराईका जिल्लामा पिसिआर परीक्षण घटाइएको छ। टेकु अस्पतालले मंगलबार पनि ७१८ वटा नमुना संकलन गरेको छ।

नमुना संकलन घटेपछि उक्त क्षेत्रका मानिसहरु पिसिआर गराउन काठमाडौं आएका हुन्। टेकु अस्पतालमा पिसिआर गराउन पुगेकाहरूमा अधिकांश मजदुर छन्। 

जसमध्ये भारतबाट रोजगारीको सिलसिलामा नेपाल आएका धेरै छन्। भारतमा पिसिआर परीक्षणको रिपोर्ट नलिएर नेपाल आएका उनीहरुलाई घर धनी र ठेकेदारले पिसिआर रिपोर्ट ल्याउन भनेपछि टेकु पुगेका हुन्।

Recent Comments

No comments to show.