नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घन्टामा थप ११४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५१ हजार १३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्।

Recent Comments

No comments to show.