प्रिया पढाइ सोध्छिन् !

प्रिया पढाइ सोध्छिन् !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओठमाथि जुँगाको रेखा

जो कोहीले देखी नसक्दै

रहर छोड ,अभावलाई टाल्न 

परदेश छिरेको म

मेरी प्रिया मलाई 

पढाइ सोध्छिन् ।

बा आमाको माया 

सैंसंगीको माया पढेकी 

फूलमा हुर्केर पातमा टेकेकी उनी 

म साहुको दबाब 

जिन्दगीको अभावमा पढेको

झुपडीमा हुर्केर 

खाडी टेकेको 

प्रिया मलाई पढाई सोध्छिन् ।

यी आँखाले सेतो पाना

कालो मसी नदेखिकन

यो पिठ्युँले दुई फित्ताको 

झोला नबोकिकन

जिन्दगीको सूत्र ,किताबको भन्दा

कहालीलाग्दो जीवनी कथा पढिसकेको 

झोलाको सट्टा काँधमा जिम्मेवारी 

 बोकेको  म 

 प्रिया मलाई पढाई सोध्छिन् 

उनी ठूलाठूला किताब पढ्छिन् 

त्यही पढेर

भविष्य सजाउने सपना बोक्छिन् 

र पो मलाई पढाई सोध्छिन् 

किन कि उनलाई थाहा छैन 

किताब नपढिकन पनि 

बोकेका सपना 

सजाइएको भविष्य 

त्यसैले मेरि प्रिया मलाई 

पढाई सोध्छिन् ।

Recent Comments

No comments to show.