थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, ९६६ जना डिस्चार्ज

थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, ९६६ जना डिस्चार्ज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षणमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४६हजार २ सय ३३ जना उपचारपछि निको भएका छन्।

हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्।

Recent Comments

No comments to show.