बिहीबार सुन तोलाको ७७ हजार ६ सय कायम भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक भएको हो ।
बिहीबार छापावाल सुन प्रतितोला ७७ हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन ७६ हजार १ सय तथा तेजावी सुन ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया