मृत्यु भइसकेका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारी निर्णयप्रति कांग्रेसको विरोध

मृत्यु भइसकेका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारी निर्णयप्रति कांग्रेसको विरोध

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसले कोरोना सङ्क्रमण भएको हुनसक्ने सम्भावित व्यक्तिको मृत्यु भइहालेमा पीसीआर परीक्षण नगर्ने सरकारी निर्णयप्रति  असहमति जनाएको छ। 

शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णय गलत भएको कांग्रेसको भनाइ छ।

कांग्रेसले निर्णय फिर्ता लिन पनि सरकारसमक्ष आग्रह गरेको छ। यस्ता संवेदनशील विषयमा गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ निर्णयमा पुग्न पनि कांग्रेसले सरकारलाई सुझाएको छ।

“शंकास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी हुन्छ, आफ्नो परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा हो,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

मृत्यु पश्चात् पनि शंकास्पद स्थिति कायम राखिदिंँदा झनै अन्योल र फरक ढंगको मानसिक तनाब बढेर जाने कांग्रेसको ठहर छ। कांग्रेसले परीक्षणबाट मृतकमा संक्रमण पुष्टि भए निकटस्थहरूको परीक्षण गरेर अरुलाई बचाउने कर्तव्य राज्यले निभाउन सक्ने जनाएको छ।

Recent Comments

No comments to show.