सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ७ मा शनिबार राति आएको पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । त्यस्तै, पहिरोमा परी २३ जना बेपत्ता छन् ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाअनुसार दुई जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार पहिरोले भीरखर्कका १० र नाग पुच्छेका ८ घर पुरेको छ ।
प्रहरीको टोली घटनास्थल पुग्न लागेकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यो पनि :
प्रतिक्रिया