उपत्यकामा थपिए ६९६ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ६९६ जना कोरोना संक्रमित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६९६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै धेरै हो । 

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका ६२० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ रहेको छ । संक्रमित मध्ये ३६ हजार ६७२ जना निको भएर घर फर्किसकेका छन् । 
पछिल्लो २४ घण्टामा ९७२ जना कोरोनामुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । 

Recent Comments

No comments to show.