काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी
(नेकपा) का केन्द्रीय सदस्य लीलबहादुर थापाकी ८८ वर्षीया आमा भ्रदकलीको
निधनप्रति दु:ख व्यक्त गरेका छन्।
उनको आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको
हो। प्रधानमन्त्री ओलीले थापाकी दिवङ्गत आमाप्रति श्रद्धासुमन अर्पण गर्दै
शोकाकूल परिवार, आफन्त र शुभचिन्तकमा समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले मातृवियोगबाट मर्माहत परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्नेसमेत कामना गरेका छन्।
बाग्लुङ निवासी भद्रकलीका एक छोरी र दुई छोरा छन्।
प्रतिक्रिया