काठमाडौँ । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिको सम्भावनाले शेयर बजारमा सकारात्मक प्रभाव परेको छ।
सोमबार नेप्से परिसूचक ४९.०९ अंकले वृद्धि भई २,६७७.४५ विन्दुमा पुगेको छ। आज ३१० कम्पनीका १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम ७ अर्ब ३१ करोड रुपैयाँ नाघेको छ। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीले ४१ करोड ८० लाख रुपैयाँको कारोबार गर्दै अग्रस्थानमा रहँदा, ङादी ग्रुप पावरले ३६ करोड ८३ लाख र युनिभर्सल पावर कम्पनीले ३१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन्।
आजको कारोबारमा सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत लाभ उठाए भने ओम मेगा श्रीका लगानीकर्ताले ९.९९ प्रतिशत र राप्ती हाइड्रोका लगानीकर्ताले ९.९७ प्रतिशत नाफा कमाए। यद्यपि, बराही हाइड्रोपावरका लगानीकर्ताले ७.३९ प्रतिशत घाटा बेहोरिरहेका छन्। समग्रमा आज २२९ कम्पनीका शेयर मूल्यमा वृद्धि भएको छ भने १५ कम्पनीको मूल्यमा गिरावट आएको छ। गभर्नर नियुक्तिको संकेतले बजारमा उत्साह बढाउँदै लगानीकर्ताको मनोबल बलियो बनाएको देखिन्छ।
Comment