काठमाडौँ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको सूचना प्रविधि (आईटी) सुपरिवेक्षण पहिलोपटक सुरु गरेको छ। पहिलो चरणमा नबिल बैंक, ग्लोबल आईएमई बैंक र नेपाल बैंक लिमिटेडको आईटी प्रणालीको सुपरिवेक्षण सम्पन्न भएको हो।
मोबाइल तथा इन्टरनेट बैंकिङ, एटीएम, कार्ड प्रणाली, तथा आन्तरिक सफ्टवेयरहरूजस्ता डिजिटल प्रविधिको सुरक्षा र एकरूपता सुनिश्चित गर्न राष्ट्र बैंकले यो पहल सुरु गरेको जनाएको छ।
राष्ट्र बैंकका अनुसार बैंकहरूले आ-आफ्नै सफ्टवेयर प्रयोग गर्दा नियमनमा चुनौती देखिएकाले सुपरिवेक्षणमार्फत एकरूपता ल्याउने र सेवाग्राहीको हित सुरक्षित गर्ने उद्देश्य लिइएको हो।
Comment